भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन

तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन

बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीलाई सम्मन गर्ने निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा उद्घाटनमा बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।
नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठुलो भएँ भन्ने नसोच्नुस् । कुचिकारहरुले काम नगरे के होला उनीहरुबिना के अस्पताल सफा हुन सक्लातपाईहरुले अल्लि पढ्नु भएको होला ।

तलब पनि बढी होला तर तपाईहरुलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरुलाई अपमान नगर्नुस् । उनीहरुले हेपिएको महसुस नगरुन् । डाक्टर नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्ने गरेको भन्दै प्रशंसा गरेका मन्त्री चौधरीले बिरामीले दुःख नपाउन्, उनीहरुको उपचार समयमै होस् भन्दै थप जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिए ।

नव निर्मित भवनको सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.