भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

तालिबानले मनाए विजय उत्सव, अमेरिकी सैनिकले छोडे अफगानिस्तान

तालिबानले मनाए विजय उत्सव, अमेरिकी सैनिकले छोडे अफगानिस्तान

काबुल । विमानस्थलबाट अन्तिम अमेरिकी सैनिक जहाज उडेपछि तालिबानहरूले खुसीयाली मनाएका छन् । अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ।

द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको हो ।

सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्दा तीन हजार मानिसको मृत्यु भएको रउक्त आक्रमणको योजनाकार ओसामा विन लादेनलाई अफगान सरकारले अमेरिकालाई बुझाउन नमानेपछि अमेरिकाले काबुलमा आक्रमण गरेर ठूलो क्षेती बनाएको थियो ।

२० वर्षपछि अमेरिकी इतिहास नराम्रो हारका रुपमा लिएको छ भने अफगानिस्तानबा अमेरिकी सेना छोड्दा तालिबानहरूले आफ्नो विजयका रुपमा लिएका छन् । अमेरिकी सेनाको अन्तिम जहाज काबुलबाट उडेपछि दुई साताअघि सत्ता कब्जा गरेका तालिबानहरूले विजय उत्सव मनाएका हुन्।

 


Thali Mobile Pvt.Ltd.