भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तिनकुनेस्थित बागमती पुल निर्माणको काम आगामी

तिनकुनेस्थित बागमती पुल निर्माणको काम आगामी

काठमाडौँ । पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ । झण्डै एक दशकपछि पुन: नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको हो । चालु आवमा डिजाइन सकाएर अर्को वर्ष लाग्नासाथ निर्माणमा जाने योजना बनाइएको हो । केही समय पहिले ‘होल’ खोपेर माटो परीक्षण गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कस्तो पोल राख्ने भनेर माटो जाँच भएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।

कस्तो पुल बनाउने, कुन कुन संरचना कहाँ र कसरी गर्ने भनी डिजाइन भइरहेको उनले बताए । काम सुरु गर्नुअघि यसअघि सो पुल निर्माणमा संलग्न निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कम्पनीले बनाएको संरचना भत्काउनुपर्ने उनको भनाइ छ । विसं २०७९ असार १० मा सम्झौता भएको सो ठेक्काको जम्मा अवधि ४२ महिना छ । अहिले सञ्चालनमा रहेको बीचको पुलको दुवैतर्फ पुल बनाउने गरी एउटै निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको छ । डिजाइन स्वीकृत भएसँगै निर्माण हुनेछ । करिडोर निर्माण गरिरहँदा बाधा पुग्ने भनेपछि केही समय कुरिएको सूचना अधिकारी जोशीले बताए । उनले भने, “हामीले काम नसकाएसम्म होल खोप्न पाइँदैन भनेर रोकेर त्यो सकिएपछि नै होल खोपिएको छ ।”

यो आवमा डिजाइनमा नै लाग्ने र त्यो सकिएपछि आगामी आवबाट मात्रै भौतिक काम हुनसक्ने देखिएको आयोजनाले जनाएको छ । डिजाइन सकिँदासम्म वर्षा सुरु हुने भएकाले खन्ने काम गर्न नहुने उनले बताए । कम्पनीले डिजाइन बुझाएपछि आयोजनाबाट क्षेत्रीय हुँदै विभाग पुगेर त्यहाँबाट स्वीकृत भएपछि मात्रै निर्माणमा जान सकिने छ । डिजाइनका क्रममा कुनै कुरा नमिलेको पाइएमा कहिले आयोजनाले फर्काउने, कहिले क्षेत्रीय त कहिले विभागले फर्काउने गरेका छन् । उनले भने, “डिजाइनको स्वीकृतिका लागि सँगै बसेर छलफल गर्ने चलन हुँदैन, कहिले के मिलेन भनेर फर्किरहँदा पनि डिजाइनमा बढी समय लाग्छ ।”

आयोजनाले यसअघि नै विगतमा काम गरेको कम्पनीसँग भएको धरौटी र बैंक ग्यारेन्टी जफत गरिसकेको छ । कम्पनीसँग ठेक्का तोडिएपछि उसले बिगारेको संरचना भत्काउन र बनाउन लाग्ने लागत बोहर्नपर्ने हुन्छ । असुल हुन बाँकीलाई बाँकी असुल सरह गरी अर्थ मन्त्रालयअन्तर्गत कुमारीचोक तथा केन्द्रीय कार्यालय पठाइएको छ । पहिले पनि निर्माण कम्पनीले कहिले काम नगर्ने त कहिले डिजाइनभन्दा फरक निर्माण गर्दा लामो समयसम्म अलपत्र परेको सो आयोजनामा हाल कार्यरत निर्माण कम्पनी पनि अहिले कालोसूचीमा परेको छ ।

ठेक्का भएर पछि मध्यपहाडी राजमार्गमा पुल नबनाएर कम्पनी कालोसूचीमा परेको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुन:नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी ९डिजाइन एण्ड विल्ड० मार्फत निर्माण गरी ठेक्का वाइ/पि/किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ ।

बिजुली बजारको पुल जस्तै यो पुल पनि नयाँ प्रविधि मानिने ‘आर्स एण्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको हो । यस्तो डिजाइनको पुलले शहरी क्षेत्रको आकर्षण बढाउने हुँदा सडक विभागले मुख्य सडकमा निर्माण अघि बढाएको थियो । विसं २०७१ मा तीनकुने पुल र बिजुली बजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुली बजारस्थित धोबीखोला पुल तीन वर्ष पहिलेदेखि नै सम्पन्न भएर सञ्चालनमा छ ।

तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुन:निर्माण सुरु गरिएको हो । अरु पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.