धनगढी । राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सुदुरपश्चिम सरकारले पुरस्कार दिने भएको छ ।नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश सरकारले पाँच÷पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोहमा तीनजना खेलाडीलाई पुरस्कृत गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका हुन ।
शाहले ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गर्ने बताए प्रदेश सरकारले यसअघि पनि यहाँबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पुरस्कार प्रदान र सम्मान गरेको थियो ।
