भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

तीन दिनसम्म नेपाल र अमेरिकाबीच सैन्य वार्ता हुने

तीन दिनसम्म नेपाल र अमेरिकाबीच सैन्य वार्ता हुने

काठमाडौं । सोमबारबाट नेपाल र अमेरिकाबीचको सैन्य वार्ता सुरु भएको छ । ३ दिनसम्म हुने वार्ताको ‘ल्यान्ड फोर्स टक’ नाम दिइएको छ । संवादका लागि २२ सदस्यीय अमेरिकी टोली गत शनिबार नै काठमाडौं आइसकेको छ ।

नेपाली र अमरिकी सेनाबीच सन् २०१८ देखि प्रत्येक वर्ष ‘ल्यान्ड फोर्स टक’ हुँदै आएको छ । वार्तामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसहित सेनाका रथी र अधिकृत गरी १४ सदस्यीय टोली सहभागि भएका छन ।

स्थल सेनाको क्षमता अभिवृद्धिका लागि संवादमा शान्ति मिसन, मानवीय सहयोग, विपद प्रतिकार्य, क्षमता र विज्ञता आदानप्रदानको बारेमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.