३१ असार २०७७ कालिकोट । बलात्कार आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाहीले १६ वर्षीया किशोरीलाई तीन वर्ष देखि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरीका आधारमा शाहीलाई पक्राउ गरिएको कालिकोटका डीएसपी श्यामबाबु ओलियाले बताए । बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान थालिएको डीएसपी ओलियाले जानकारी दिए ।
वडा अध्यक्ष शाहीलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको छ ।
