भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

थप ११६ जनामा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुग्यो (भिडियो)

थप ११६ जनामा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुग्यो (भिडियो)

३१ असार २०७७ काठमाडौं । नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ ।

नेपालमा हालसम्म ११ हजार २५ उपचारपछि निको भएका छन् भने नेपालमा कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको, २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा रहेको र ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/287770598996148/

थप एक कोरोना संक्रमितको मृत्यु
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमितको मृतकको संख्या ३९ पुगेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि उनी भारतको बैंगलोर गएका थिए ।

अन्तिम संस्कारपछि उनी असार २४ गते नेपाल फर्किएर पर्रोहा नगरपालिकामा क्वारेन्टाइनमा बसेका थिए । असार २९ गते नारायणी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

काठमाडौंमा थप ७ जनामा कोरोना
काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

 


Thali Mobile Pvt.Ltd.