भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

नगरप्रमुखले मागेकाे पाँच लाख घुस लिदै गर्दा छोराे पक्राउ

नगरप्रमुखले मागेकाे पाँच लाख घुस लिदै गर्दा छोराे पक्राउ

१ श्रावण २०७७ सिरहा । सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा सिरहा कल्याणपुर नगरपालिकाका प्रमुखको छोरा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पाँच लाख रूपैयाँ घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उनका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

डीपीआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेका थिए । सोही रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पक्राउ परेका सन्त र जितेन्द्रलाई बर्दिबासलगेर अनुसन्धान थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.