भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिभुवन आर्मी क्बलले जित्यो बिच भलिबलको उपाधि

त्रिभुवन आर्मी क्बलले जित्यो बिच भलिबलको उपाधि

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको फाइनल खेलमा लिटिलबुद्ध एकेडेमीको टिमलाई सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

उपाधि उचालेसँगै आर्मीको टिम रु एक लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपबिजेता लिटिलबुद्धको टिमले रु ५० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ। प्रतियोगिताको उपाधि विजेता टिमलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाले पुरस्कृत गरे। त्यसैगरी खुलातर्फ शिवशक्ति खाद्य उद्योग झलारीको टिम तृतीय स्थान हासिल गर्दै रु २५ हजार नगदसहित पुरस्कृत भएको छ। त्यसैगरी पुरुष भेट्रानतर्फको उपाधि बेलौरी नगरपालिकाको टिमले उपाधि जितेको छ।

फाइनल खेलमा सशस्त्र प्रहरी बलको टिमलाई पराजित गर्दै बेलौरी नगरपालिकाको टिमले उपाधि जित्दै रु २५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता सशस्त्र प्रहरी बलको टिमले रु १५ हजार नगदबाट पुरस्कृत भएको छ। भेट्रानतर्फ कैलालीको फूलबारी टिम तृतीय हुँदै रु दश हजार नगदबाट पुरस्कृत भएको छ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनाको भएको प्रतियोगितामा खुल्लातर्फ कुल २३ र भेट्रानतर्फ ११ टिम सहभागी थिए। सेनाले सैनिक–नागरिकसम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना भएको थियो।

समापन समारोहमा सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, दोधारा चादँनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी, बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी लगायतको सहभागिता रहेको थियो।  प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चादँनी नगरपालिकाले पुरस्कार राशि प्रायोजन गरेका थिए।

 

 


Thali Mobile Pvt.Ltd.