काठमाडौँ । बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलजे कोहलपुरमा उपचारका क्रममा दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीया पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका एक संक्रमित पुरुषको मृत्यु भएको हो । मेचीनगर–४ बाहुनडाँगीका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
