काठमाडौं । थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ । उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा २४० महिला र २९० जना पुरुष रहेका छन् । काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर ४ सय ३३ संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३७० जना संक्रमित आईसीयूमा उपचाररत छन् ।
बागमती प्रदेशमा आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी १४२ छ भने ३२ जना भेन्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा ५ आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ७ आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आईसीयू र १३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आईसीयू उपचाररत रहेका छन्।
ज्यान गुमाउनेको संख्या १५२९
पछिल्लो २४ घण्टामा थप २०७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १६ हजार ५ सय ९४ पुगेको छ । नेपालमा २४ घण्टामा थप २१ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।
जिल्लागत विवरण
प्रदेश १ इलाममा ११, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१ र सुनसरीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ धुनषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिरहामा ५ जनामा कोरोना पुष्टि भएको छ ।
बागमती प्रदेश काठमाडौंमा मात्र ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेश कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासी पूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, वागलुङमा १३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेश अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ४५ जना कोरोना संक्रमित थपिएका छन।
सुदूरपश्चिम प्रदेश अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ र बैतडीमा १८ कोरोनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
