थापाथलीमा निःशुल्क भोजन

थापाथलीमा निःशुल्क भोजन

काठमाडौं । आजबाट थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य सुरु भएको छ ।

खुलामञ्चको सट्टा त्यहाँ खुवाउने कार्य सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमति अनुसार नै थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको नगर प्रहरी प्रमुख धनपती सापकोटाकाले बताए ।

सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई सस्थाहरुले बिहानमा र साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए । खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम बन्द गर्न नगरपालिकाले चेतावनी दिएपछि विकल्पका रुपमा थापाथली दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.