काठमाडौँ । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यार्थी, अभिभावक र विद्यार्थी पनि सकारात्मक बनेका छन् ।
श्रवैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि दसैंअघि सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी गरेका छन् । वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरूसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न अविभावक सहमत भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै कोभिड–१९ जोखिमका कारण बन्दाबन्दी रहेको अवस्थामा असार १ गतेदेखि कार्यान्वयन हुने गरी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरी विद्यालयलाई शैक्षिक वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि अघि बढाउन निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार देशभरिका विद्यालयले अनलाइन, जुम, मेसेन्जर, ह्वाट्सएप, रेडियो, टेलिभिजन, फोन तथा प्रिन्टिङ सामग्री प्रयोग गरी पठनपाठन सुरु गरेका थिए।
तर ग्रामिण क्षेत्रमा भने यसको उपयोग न्यून भएको छ । ग्रामिण क्षेत्रमा परेको असरले विद्यार्थि मर्कामा परेका छन् । सरकारी विद्यालयका विद्यार्थीले अनलाइन कक्षामा सहभागिता जनाउन सकेका थिएनन्।
