भर्खरै : Sorry, your browser does not support inline SVG.

दसैंको मुख्य आकर्षण: खम्ये (राँंगो) दौडाएर भक्तपुरमा जात्रा

दसैंको मुख्य आकर्षण: खम्ये (राँंगो) दौडाएर भक्तपुरमा जात्रा

भक्तपुर । दसैंको एउटा मुख्य आकर्षणका रुपमा रहेको खम्ये राँंगो दौडाएर भक्तपुरमा आज जात्रा मनाइन्छ ।

नवदुर्गा मन्दिरमा पालेर राखेको ठूलो राँंगोलाई दौडाएर उल्लासयमय रुपमा भक्तपुरबासीले जात्रा मनाउँने गर्दन् ।

प्रसिद्ध नवदुर्गा मन्दिरबाट निकालेर नगरभरि राँगो दौडाइन्छ । नगरभरि बाटोमा हजारौं जात्रालुहरुले खम्यलाई हेर्न भेला हुन्छन् ।

दौडाउनु अघि राँंगोलाई रक्सी खुवाएर मातन लगाइन्छ । मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर ब्रम्हायणी लगिन्छ ।

महिषासुरको प्रतीकका रुपमा खम्येलाई नगरको पूर्वमा अवस्थित ब्रम्हायणीमा पुयाइन्छ । खम्येलाई कालरात्रीमा त्यही वध गरिन्छ ।

राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्मलाई बाँडिन्छ ।

महानवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन ब्रम्हायणीमा ठूलो मेला लाग्दछ ।

मेला हेर्न हजारौं श्रद्धालु ब्रम्हायणी पुग्छन् ।

 


Thali Mobile Pvt.Ltd.