भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

दसैंमा सुनसान वीरगञ्जका पसल

दसैंमा सुनसान वीरगञ्जका पसल

वीरगञ्ज । बडादसैं आएसँगै वीरगञ्ज बजारमा चहलपहल प्रायः सुनसान देखिन्छ। सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान नेपाल भित्रिन थालेपछि वीरगञ्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन् ।

वीरगञ्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ । सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिद गर्छन् । वीरगञ्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ ।

उनले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगञ्जका आधी पसल बन्द हुने बताए ।गत वर्षको दसैँभन्दा यसपालिको दसैँमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले सुनाए ।

 


Thali Mobile Pvt.Ltd.