भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’

दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’

काठमाडौँ । इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

तर उनीहरुको उद्धार हुन सकेको छैन । गैर आवासीय नेपाली सङ्घ इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी सम्पर्कमा आएको बताए ।

उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको ओलीको भनाइ छ । ७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ ।

डाँगी र कट्टेलले ७ जनालाई बङ्करभित्र छिर्नुअघि नै आतङ्ककारीहरूले गोली हानेको रिपोर्टिङ गरेका छन् ।

७ जनालाई गोली लागेको छ भने अहिलेसम्म उपचारविहीन अवस्थामा बङ्करमै छन् ।

घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ ।

फार युनिभर्सिटी अन्तरगतको कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.