भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

दोलखा । वैतेश्वर गाउँपालिका वडा नं ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा

उल्लेखित केन्द्रहरुको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (१), प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (२) बमोजिम वैतेश्वर गाउँपालिका वडा नं ६

वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। द्द जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा मतदान केन्द्रमा मिति २०७९ मंसिर ४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा पुनःमतदान गराउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

यहाँका १० वटा मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी निजहरु उपर आवश्यक कारवाहीका लागि आयोगमा पेश गर्नसमेत सचिवालयलाई निर्देशन दिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.