भर्खरै : Sorry, your browser does not support inline SVG.

दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा थप तीन पक्राउ

दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा थप तीन पक्राउ

काठमाडौं । चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा थप नीन जना पक्राउ परेका हुन । यसअघि यस प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । उनीहरुले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेका थिए ।

पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ भएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनीहरुलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.