भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

नक्कली नागरिकता दिलाएको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

नक्कली नागरिकता दिलाएको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

सप्तरी । नक्कली नागरिकता प्रकरणमा सप्तरीको राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण यादव बिहीबार एक लाख रुपियाँ धरौटी राखी रिहा भएका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले धरौटी मागेपछि वडाध्यक्ष यादव रु एक लाख धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जनाएको छ । सरजमिन मुचुल्कामा बसेका सोही वडाका राधेश्याम यादव रु २५ हजार धरौटी राखी रिहा भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

भारत घर भई राजविराजमा बस्दै आएका भारतीय नागरिक सतिश यादवलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत, स्थलगत वस्तुस्थिति ९सर्जमिन० गर्ने, गराउने प्रहरी, स्थानीयसहित २८ विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका–११ का सूर्यनारायण यादव बुधबार रु एक÷एक लाख धरौटीमा रिहा भएका थिए । बाँकी २६ जना आरोपित विरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । अदालतले जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत सप्तरीको खडक नगरपालिका–१० का किशोरकुमार राम, नायब सुब्बा राजविराज नगरपालिका–८ का सुशील कर्ण, खरिदार सुरुङ्गा नगरपालिका–८ का सञ्जीवकुमार साह र मोरङको विराटनगर महानगरपालिका–४ का सुरज नेपाल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यसैगरी राजविराज नगरपालिका–११ का वडासचिव हरिनारायण यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक सर्लाही, हरिपुर नगरपालिका–७ का महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार सर्लाहीको गोडैटा नगरपालिका–१२ का नारायणकुमार महतो, प्रहरी जवानमहोत्तरीको बर्दीवास नगरपालिका–११ का रामईश्वर मण्डल र स्थानीयवासीसहित २६ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट नक्कली नागरिकता प्रकरणमा वैशाख ३१ गते २८ विरुद्ध अभियोग पत्र दायर भएको छ । तीमध्ये २४ जना अझै फरार छन् ।

 


Thali Mobile Pvt.Ltd.