भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नक्कली शरणार्थी: कसरी भयो बालकृष्णको ७० लाख झ्वाम ?

नक्कली शरणार्थी: कसरी भयो बालकृष्णको ७० लाख झ्वाम ?

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा ठगी धन्दाको रहस्य बाहिर आउने क्रम चलिरहेको छ । रकम फिर्ता गर्न भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पालाई एक करोड दिएको पाइएको छ ।

खाँणबाट लिएको एक करोड शेर्पाले बिचौलिया सानु भण्डारीका दाई राजु भण्डारीलाई ३० लाख दिएर ७० लाख आफैले राखेको अनुसन्धानबाट खुलेको छ ।

खाँणले ठगीबाट प्राप्त गरेको रकप फिर्ता गर्न खोज्दा शेर्पाबाट खाँण उल्टो ठगीमा परेको तथ्य खुलेको हो । ठगीमाथिको ठगी भन्दै व्यङ्ग गर्न थालिएको छ ।

शेर्पाले चैतको तेस्रो साता बिचौलिया सानु भण्डारीका दाइ राजुलाई ३० लाख फिर्ता गरेको देखिएको छ । त्यसको व्यक्तिगत भर्पाई नै प्रहरीले बरामद गरेको छ ।

शेर्पाले खाणका पिए नरेन्द्र केसीमार्फत एक करोड लिएको खुलेको छ । तर, सरकारी वकिलको कार्यालयमा भने इन्कारी बयान दिएको दाबी छ ।

अहिले यो प्रकरणमा प्रहरीले अनुसन्धान गहिरो गरी गरिरहेको छ । खाँण, शेर्पा र केसी अहिले प्रहरी हिरासतमै छन् ।

 


Thali Mobile Pvt.Ltd.