भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

नक्कली शरणार्थी बनाएर नेपाली बेच्ने कसैलाई छोडिन्नः प्रधानमन्त्री प्रचण्ड(भिडियो)

नक्कली शरणार्थी बनाएर नेपाली बेच्ने कसैलाई छोडिन्नः प्रधानमन्त्री प्रचण्ड(भिडियो)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही पनि बाँकी नरहने बताएका छन् ।

भ्रष्टाचारको फाइल अघि बढिसकेकाले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाए।

नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै ढाकछोप गरे उदांगो पारेर देखाउने बताए ।

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राखेको प्रधानमन्त्री दाहालले बताए । प्रचण्डले भने, “हामी कसैको दबाबमा पर्दैनौँ ।

कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ र दोषीलाई कारबाही गरेरै छोड्छौं ।”

निर्दोष कोही नपरून्, दोषी कोही नछुटून् भन्ने मान्यतामा सरकार अगाडि बढिरहेको प्रचण्डको दावी छ ।

२५ गतेसम्म चल्ले मोर्चाको सम्मेलनमा देशभरबाट प्रतिनिधि पर्यवेक्षक सहभागि भएका छन् ।

हेर्नुहोस् भिडियो…


नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ ।

राजधानीमा सुरु भएको सम्मेलन वैशाख २५ गतेसम्म चल्ने छ । सम्मेलनमा नयाँ नेतृत्व चैन हुने मोर्चाका अध्यक्ष दलजित शेर्पाइलीले कताए ।

सम्मेलनमा सयौंको संख्यामा देशभरबाट प्रतिनिधि पर्यवेक्षक सहभागि रहेका छन् ।

कलाकार, बाजागाजा, झाँकी, र र्याली सहित भव्य उद्घाटन गरिएको सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.