भर्खरै : Sorry, your browser does not support inline SVG.
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन |

नक्कली शरणार्थी बनाएर नेपाली बेच्ने कसैलाई छोडिन्नः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही पनि बाँकी नरहने बताएका छन् । भ्रष्टाचारको फाइल अघि बढिसकेकाले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।

नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै ढाकछोप गरे उदांगो पारेर देखाउने बताए ।

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राखेको प्रधानमन्त्री दाहालले बताए । प्रचण्डले भने, “हामी कसैको दबाबमा पर्दैनौँ ।

कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ र दोषीलाई कारबाही गरेरै छोड्छौं ।” ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून् भन्ने मान्यतामा सरकार अगाडि बढिरहेको प्रचण्डको दावी छ ।

२५ गतेसम्म चल्ले मोर्चाको सम्मेलनमा देशभरबाट प्रतिनिधि पर्यवेक्षक सहभागि भएका छन् ।

हेर्नुहोस् भिडियो…

 


Thali Mobile Pvt.Ltd.