भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नगरकोट सडकमा धर्ना र चक्काजाम तयारी

नगरकोट सडकमा धर्ना र चक्काजाम तयारी

भक्तपुर । नगरकोट सडकखण्ड निर्माणको काम तत्काल सम्पन्न गर्न चाँगुनारायण नगरपालिकाले माग गरेको छ । कमलविनायकबाट भत्केको पाटी हुँदै नगरकोट जाने सडक निर्माणको लागि ८ वर्षअघि ठेक्का सम्झौता भए पनि अलपत्र परेको भन्दै माग गरेको हो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक सुधार आयोजना कार्यालय बबरमहलले भारतीय निर्माण कम्पनी एआइपीएल र नेपाली निर्माण कम्पनी सैलुङ कन्सट्रक्सनलाई ठेक्का दिएको थियो । १५ किलोमिटर लामो सडक २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने सम्झौता थियो ।

७ पटक सम्झौताको म्याद थप गर्दा पनि सडकको काम हुन नसकेपछि नगरपालिकाले निर्माणको काम तत्काल सम्पन्न गर्न माग गरेको हो । सडक निर्माणका लागि असोज २८ गते अन्तिम म्याद अवधि भए पनि चैत मसान्तसम्म थप गरिएको छ । सडक निर्माण अलपत्र पर्दा स्थानीय दैनिक धुलो र धुवाँका कारण सास्ती खेप्दै आएका छन् ।

निर्माण कम्पनीको मनपरीले निर्माणमा ढिलाई भएको स्थानीयको गुनासो गरेपछि नगरपालिकाले माग गरेको हो । नगरपालिकाले अन्तिम म्यादसम्म सडक निर्माण नभएमा पालिकाको नेतृत्वमा आन्दोलन गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.