काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री साउदले राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन ।
साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका हुन ।
नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चापाईले राष्ट्रपति पौडेलको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको पद तथा गोपिनीयताको सपथ लिएकी हुन ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत उपस्थित रहेको थियो ।
नवनियुक्त परराष्ट्रमन्त्री साउद नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री रहेका छन् ।
