भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाल भारत सीमावर्ती सुरक्षा बैठक रुपन्देहीमा

निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाल भारत सीमावर्ती सुरक्षा बैठक रुपन्देहीमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाका विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच रुपन्देहीमा अन्तरसीमा समन्वय बैठक बस्दै छ ।

बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र तीन जिल्लासित सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित एक होटलमा बैठक बस्ने प्रशासनले जनाएको छ । बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सरोकारवालाको सहभागीता रहनेछ ।

निर्वाचनलाई सुरक्षित र भयरहित तुल्याउन सीमा समन्वय बैठक आयोजना गरिएको पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.