भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नीति तथा कार्यक्रममा प्रधानमन्त्री देउवा

नीति तथा कार्यक्रममा प्रधानमन्त्री देउवा

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधनको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले टेबुल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा देउवाले टेबुल गरेका हुन् । बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरे ।

‘सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७९ साल जेठ १० गते मङ्गलबारका दिन गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ ।’ भन्ने प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरे । उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । सो पत्रअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन यही जेठ ७ गते प्रस्थान गरेकाले उनको अनुपस्थितिमा अर्थमन्त्री जनार्दन शर्माले सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी प्रधानमन्त्रीले तोकेका छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि सभामुखले जेठ १२ र १३ गतेका लागि दिन तोकेका छन् । प्रतिनिधिसभाको अर्को बैठक भने जेठ १२ गते बिहान ११ बजे बस्नेछ ।

 


Thali Mobile Pvt.Ltd.