भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

नेकपा ए.समाजवादी र नेकपा जनवादीबीच एकता

नेकपा ए.समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र देवेन्द्र सिंह महता नेतृत्वको नेकपा जनवादीबीच एकता भएको छ ।

राष्ट्रियसभा गृहमा आयोजित एक समारोहबीच दुई पार्टीले एकता गरेका हुन् । एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी र माओवादीबाट अलग्गिएर बनेको देवेन्द्र सिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण भएको हो ।

महताले २०६२ सालमै चुनवाङ बैठकबाट विद्रोह गरेर नेकपा जनवादी गठन गरेका थिए । एकता घोषणा कार्यक्रमलाई सम्वोधान गर्दै अध्यक्ष नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने तर्क गरे ।

पार्टी एकताले समाजवादी बाटो तय गर्न अझ महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.