एजेन्सी । भारतको उत्तर दिनाजपुर जिल्लाका बीजेपी युवा मोर्चा उपाध्यक्ष मिथुन घोषको गोली लागेर मृत्यु भएको छ । उनको घर अगाडी गोली चलेपछि मिथुनको ज्यान गएको संञ्चारमाध्यमले जनाएका छन् ।
तृणमूल कांग्रेसको संरक्षणमा असमाजिक तत्वहरुले मिथुनको हत्या गरेको उनको परिवारले आरोप लगाएको छ । मिथुनको हत्यापछि राजनीतिक विवाद तीव्र भएको छ। उत्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मिथुनलाई आइतबार राति १० बजे इटहार पुलिस स्टेशन क्षेत्रको राजग्रामस्थित घरको अगाडि गोली हानिएको एक प्रहरी अधिकारीले बताएका छन् । उनको परिवारका सदस्यहरु र स्थानीय बासिन्दाले उनलाई तुरुन्तै रायगञ्ज मेडिकल कलेज अस्पताल पुर्याएपनि डाक्टरहरुले उनलाई मृत घोषित गरेको थिए ।
