नेपाल प्रहरीमा भर्ना खुल्यो, ३५६ जनालाई रोजगार

नेपाल प्रहरीमा भर्ना खुल्यो, ३५६ जनालाई रोजगार

काठमाडौं । नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलाएको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो ।

जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि भर्ना खोलेको हो ।

आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

हेर्नुहाेस् कुन पदमा कति ?

 


Thali Mobile Pvt.Ltd.