भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपालका सुन्दर दश ताल

नेपालका सुन्दर दश ताल

काठमाडाैं । नेपाल पर्यटनका दृष्टिकोणले महत्वपूर्ण देश हो । यहाँ हिमाल, पहाड र तराइका विभिन्न ठाउँमा अनगिन्ती ताल तलैयाहरु रहेका छन् । ती तालतलैयाहरु आन्तरिक तथा बाह्य पर्यटहरुको रोजाइमा पर्ने गरेका छन् । नेपालमा रहेका सुन्दर तालहरु मध्य दश तालहरु यस्ता रहेका छन् ।

गोसाइँकुण्ड ताल
रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड ताल हिमालय पर्वतमा जाँदा शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगेर गोसाइँकुण्ड उत्पत्ति भएको भन्ने किंवदन्ती छ । यो ताल समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको छ । यहाँको पानीले नुहाउँदा शरीरमा लुतो, खटिरा नआउने विश्वास रही आएको छ ।गोसाइँकुण्ड ताल

तिलिचो ताल
तिलिचो ताल नेपालको सबैभन्दा उच्च स्थानमा रहेको छ । समुन्द्री सतह भन्दा ४९१९ मिटर (१६,१३८ फिट) को उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपुर्ण संरक्षित क्षेत्रमा पर्दछ । ४.८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको तिलिचो ताल ८५ मिटर (२८७९ फि) गहिरो छ रहेको छ । यस तालको ४ किलोमिटर लम्बाइ तथा १.२ किलोमिटर चौडाइ रहेको छ । कुनै पनि जलचर प्राणी तालमा नपाईनु यो तालको प्रमुख विशेषता हो । यो तालको वरपर देखिने हिमालको दृष्यले यस तालको सुन्दरता झनै थपेको छ ।तिलिचो ताल

रारा ताल
सूर्य अस्ताउँदा र उदाउँदा देखिने रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो । समुन्द्री सतह भन्दा २९९० मिटर (९८१० फिट) को उचाइमा रहेको यो ताल जुम्ला र मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रामसार क्षेत्र भित्र पर्दछ । रारा ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो । रारा तालको सुन्दरताले जोकोहीलाई आनन्दित तुल्याउँछ । ५.१ किलोमिटरको लम्बाई तथा २.७ किलोमिटरको चौडाइमा फैलिएको यस तालको पानीको सतह १.८ वर्ग किलोमिटर र १६७ मिटरको घहिराइ रहेको छ ।रारा ताल

से–फोक्सुन्डो ताल
डोल्पा जिल्लामा अवस्थित फोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । यस तालको गहिराई १४५ मिटर (४७६ फिट) रहेको छ ।
समुन्द्री सतहबाट ३६१५ मिटर उचाइमा रहेको यो ताल करिब ४.९४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ ।यो ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो । यसको लम्बाई ५.१५ किलोमिटर तथा चौडाई ८०० मिटर रहेको छ ।से–फोक्सुन्डो ताल


फेवा ताल
पोखरामा अवस्थित फेवा ताल सबै भन्दा धेरै मानिसले अवलोकन गर्ने ताल हो । तालको बीचमा तालबाराही मन्दिरले यस तालको सुन्दरता झनै सुन्दर तुल्याएको छ । ४.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ । यो ताल समुन्द्री सतहभन्दा ७४२ मिटर (२४३४ फिट) को उचाईमा रहेको छ ।फेवा ताल

पाँच पोखरी
जनै पुर्णिमाको अवसरमा मेला लाग्ने पाँच पोखरीबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरुको दृष्य देख्न सकिन्छ । लाङटाङ राष्ट्रिय निुकुञ्जभित्र पाँच तालहरु छन् । एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा तालहरुको दृष्यले पर्यटकहरुलाई झनै मनोमोहक बनाउछ । विश्वकै उच्च अल्टिच्युडमा रहेको यो ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ । यो ताल सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ ।पाँच पोखरी

छो–रोल्पा ताल
दोलखा जिल्लामा अवस्थित छो–रोल्पा ताल १५४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्द भने ४५८० मिटरको अल्टिच्युडमा अवस्थित यो ताल २७० मिटर अधिक्तम गहिरो र लम्बाइ ३.४५ किलोमिटर रहेको छ ।छो–रोल्पा ताल

जाखोर ताल
जाखोर ताल धनगढी उपमहानगरपालिका–७ मा अवस्थित छ । यो ताल कैलालीको प्रमुख पर्यटकीय गन्तव्य हो । जाखोर तालमा पुग्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । जाखोर ताल परिसरमा मन्दिर, नजिक धर्मशाला, चिल्ड्रेन पार्क, पार्किङ स्थल, संस्कृति देखाउन सङ्ग्रहालय निर्माण गरिएको छ ।जाखोर ताल

बुलबुले ताल
बुलबुल ताल सुर्खेत बिरेन्द्रनगरको पहिचान हो । प्राकृतिक सौन्र्दयले भरिपूर्ण बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएको छ । बुलबुल गर्दै जमिनबाट लगातार निस्कने पानीलाई संकलन गरी कृतिम रुपमा बनाइएकोले यो ताललाई बुलबुले ताल भनिएको पाईन्छ ।बुलबुले ताल
१०
घोडाघोडी ताल
घोडाघोडी ताललाई घोडाघोडी भगवानको जोडीको रुपमा सत्ययुगमा रहेकाले पूजा गर्ने प्रचलन रहेको छ । हरेक माघे सङ्क्रान्तिका दिन यस तालमा ठूलो मेला समेत लाग्ने गर्दछ । सूदुरपश्चिम प्रदेशको पर्यटकीय सम्भावना बोकेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकको गतिलो गन्तव्य हो ।घोडाघोडी ताल

 


Thali Mobile Pvt.Ltd.