तिमी छोरीको कर्ममा कहिल्यै नरुनु है
नौ महिना गर्वमा राखेर सुन्दर संसार देखाउने
आमा तिमी मायाकी खानी हौ
आफ्नो सन्तानको लागि दुःख पीडा भोगेर
सधैं मुस्कुराउदै हिडने आमा तिमी कहिल्यै पनि नरुनु है
आफ्ना खुसी सवै त्यागेर
सन्तानका खुसीका लागि सधैं तत्पर रहने आमा तिमी
आफ्नो खुसी सन्तानमा खोज्दै हिड्ने
आमा तिम्रो आँखामा आशु कहिल्यै नआवस्
दुःख पीडामा आफ्नो सन्तानलाई देख्न नसक्ने
आमा तिमी कहिल्यै नरुनु है
कर्म भाग्य सबैले आफ्नो आफ्नो लिएर आएको हुन्छ आमा
दुःख पाउँनु सुख पाउँनु आमा आफ्नो सन्तानको खुसीमा खुसी र दुःख दुःखी हुने आमा घरको पिढीमा बसेर सन्तान आउने बाटो कुररे बस्ने आर्मा तिमी
सन्तान आएन भनेर कहिल्यै पनि नरुनु है
तिम्रो असल कर्मका लागि आमा
एक असल सन्तानका तर्फबाट लाखौलाख सलाम छ आमा
लाखौलाख सलाम छ आमा
