भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नेपालगञ्जमा आजपनि कर्फ्यु जारी

नेपालगञ्जमा आजपनि कर्फ्यु जारी

बाँके । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू आदेश आजपनि जारी छ ।

ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गर्नेबेला र्‍यालीमाथि अज्ञात समुहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

र्‍याली नियन्त्रण भन्दा बहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रदर्शनीका क्रममा भएको झडपमा परी ३ सुरक्षाकर्मी सहित १३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्का विरुद्ध जथाभावी नलेख्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.