नेपालगन्ज । नेपालगन्जको विपी चोकस्थित कपास गोदाममा आगलागी भएको छ । आइतबार राती ८ बजे नेपालगन्जकाे बिपि चोकमा अवस्थित नेचुलर ब्युटी पार्लरको पछाडि रहेको कपासको गोदाममा आगलागी भएको हो ।
दमकल , नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुको प्रयासमा १ घण्टा ३० मिनेटमा आगो निभाउन सकिएको स्थानीयले बताए । आगलागीबाट भएको क्षेतीबारे बिस्तृतमा बिवरण आउन बाँकी छ ।
