भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

मृतकको संख्या २० पुग्यो, नेपालमा कोरोना संक्रमितकाे संख्या ७,१७७ नाघ्याे (भिडियाेसहित)

मृतकको संख्या २० पुग्यो, नेपालमा कोरोना संक्रमितकाे संख्या ७,१७७ नाघ्याे (भिडियाेसहित)

२०७७ असार ३ बुधबार, काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/795800057618189/

थप एक महिलाको मृत्यु, मृतकको संख्या २० पुग्यो
बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै मृतकको संख्या २० पुगेको छ ।

मिर्गौला समस्या भएपछि उनी जेठ ३० गते नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको असार १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट नतिजा नआउँदै उनको सोही साँझ ६ बजे मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको मृत्यु भएपछि आएको रिपोर्ट कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भारतमा एकै दिन दुई हजार बढीको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण भारतमा एकै दिन दुई हजार बढी मानिसको मृत्यु भएको छ। भारतमा एकै दिन यति धेरै संख्यामा कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो । गत २४ घन्टामा कोरोना कारण भारतमा २ हजार ३ जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ । हालसम्म भारतमा ३ लाख ५४ हजार ६५ जना संक्रमित भेटिएको छ । महाराष्ट्र सबैभन्दा धेरै कोरोनाबाट प्रभावित भएको छ । महाराष्ट्रमा मात्र १ लाख १३ हजार ४ सय ४५ संक्रमित भेटिएका छन् । जसमध्ये ५ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

कुल संक्रमितमध्ये भारतमा हालसम्म १ लाख ८६ ९ सय ३४ जना उपचारपछि निको भएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अमेरिका, ब्राजिल र रुसपछि भारतमा धेरै संख्यामा संक्रमित भेटिएका छन् । भारतमा लकडाउन केही खुलुकलो बनाइएको छ । प्रतिबन्ध खुकुलो बनाउँदा नै संक्रमण नियन्त्रण गर्न गाह्रो हुने विज्ञहरुको आशंका छ ।

 


Thali Mobile Pvt.Ltd.