filephoto
१ भदौ २०७७ काठमाडौं । थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेको छ। २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो
आज थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ७ पुगेको हो । रौतहट, मोरङ र काठमाडौंका १र१ जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो । रौतहटका ३२ वर्षीय पुरुष, मोरङको ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
११३ संक्रमित आइसियुमा ६ जना भेन्टिलेटरमा
हाल सम्म १ सय १९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। ६ जना भेन्टिलेटरमा र ११३ जना संक्रमित आइसियुमा छन् । आइसियुमा रहेकाको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छन् । बागमती प्रदेशमा ५९ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा छन् । त्यस्तै प्रदेश २ मा ४१, प्रदेश ५ मा ११, गण्डकी प्रदेशमा १ र प्रदेश १ मा १ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
भिडियाे हेर्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/222943605825544/
उपत्यकामा १६८ संक्रमित थपिए
काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन् ।आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ । काठमाडौंमा १७०६ ललितपुरमा २८३ र भक्तपुरमा १४६ संक्रमित पुष्टि भएका छन् ।
अस्पतालको टिकट काउन्टरका कर्मचारीमा कोरोना
वीर अस्पतालका एक कर्मचारीमा कोरोना भाइरस भेटिएको छ। टिकट काउन्टरमा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएको अस्पतालले जनाएको छ । उनीसँगै काउन्टरमा रहेका अन्य ५ जना कर्मचारीको पिसिआर गर्ने तयारी भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए । यो सँगै वीर अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या आठ पुगेको छ । यसअघि आइतबार एक कर्मचारी पनि कोरोना पुष्टि भएको थियो । कर्मचारीहरु नै संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न अप्ठ्यारो भएको निर्देशक सेन्चुरीले बताए ।
गण्डकीमा थप ४ जनामा संक्रमण
गण्डकी प्रदेशमा थप ४ जना नयाँ संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएका छ । संक्रमित मध्ये कास्कीका १ पुरुष, नवलपुरका १ पुरुष, स्याङजा एक पुरुष र एक महिला रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा १ हजार ७ सय ३९ पुगेको छ ।
