भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सुकुम्बासी बस्तीका ८५ घरपरिवारमा भोकमरी

सुकुम्बासी बस्तीका ८५ घरपरिवारमा भोकमरी

१ भदौ २०७७ बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा भोकमरी शुरूभएको छ । बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएको उनीहरूले बताएका छन् ।

मजजदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो सङ्क्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको हो । यस बस्तीमा कुछबधिया समुदायका सहित करिब ३०० जनसङ्ख्या रहेको छ । अपाङ्ग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन् ।

गत वैशाखमा सङ्घसंस्थाले राहत सहयोग गरेको भए पनि लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले समस्यामा परेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्कीले बताए । आदर्श माविको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका उनीहरुलाई केही महिनाअघिमात्रै वडा कार्यालयको पहलमा त्यहाँबाट स्थानान्तरण गरेर व्यवस्थित गरिएको छ । डेढदशकअघिदेखिको बसोबासको किचलो अन्त्य गर्दै उनीहरुलाई वडा कार्यालयले नजिकैको खाली जग्गामा सारेको वडाध्यक्ष कार्कीले बताए ।

 


Thali Mobile Pvt.Ltd.