भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भक्तपुर अस्पतालमा कोभिड विरामीका लागि छुटै आइसोलेशन भवन

भक्तपुर अस्पतालमा कोभिड विरामीका लागि छुटै आइसोलेशन भवन

१ भदौ २०७७ भक्तपुर । कोरोना महामारीले विश्वलाई प्रताडित बनाईरहेका बेला नेपाल पछिल्लो समय पीडाको बीचबाट गुज्रीरहेको छ । कोभिड–१९ का विरामी अहिले बढ्दै गएका बेला सरकारको भने ध्यान समस्या समाधान तीर भन्दा पनि कुर्सी बचाउने खेलमा लागेको छ ।

महामारीले सताएको त थियो नै अझ बाढी पहिरोले पनि नेपालीहरुलाई सताईरहेको छ । सिन्धुपाल्चोक पहिरो र कालिकोट पहिरोमा धेरै जनधनको क्षेती भयो । यहि सिलसिलामा कोरोना महामारीको चाप उपत्यकामा बढीरहेका बेला यता वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा परिचित भक्तपुर अस्पतालमा भने अहिले कोभिड विरामीका लागि छुटै आइसोलेशन भवन बनाएर उपचारको व्यवस्था भैरहेको छ ।

अस्पतालमा अन्य रोगका विरामीको चाप बढेको पछि कोभिड–१९ का विरामीका लागि छुटै राखेर उपचार गर्नेगरी भवन निर्माण गरिएको छ । उहिले कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको यस अस्पतालमा अहिले भने सहज बातावरण कायम भएको छ । भक्तपुरमा भएका अन्य अस्पताल मानवअंग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालमा अन्य विरामी हेर्ने र भक्तपुर अस्पतालले कोभिडका विरामी मात्रै हेर्ने गरि व्यवस्थापन मिलाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु)ले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.