भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, अन्तिम संस्कार/ श्रद्धाञ्जली असार १० गते गरिने

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, अन्तिम संस्कार/ श्रद्धाञ्जली असार १० गते गरिने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ। पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा हिजो अपराह्न निधन भएको नेमकिपाका सचिव प्रेम सुवालले बताए।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो ।

उनका दुई छोरा छन् । लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् । उनको अन्तिम संस्कार र श्रद्धाञ्जली असार १० गते गरिने जनाएएको छ ।

 


Thali Mobile Pvt.Ltd.