भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय भक्तपुरमा जारी छ । शुक्रबारबाट सुरु भएको बैठक नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय भक्तपुरमा शनिबार पनि जारी छ ।
पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा जारी बैठकमा पार्टी सचिव प्रेम सुवालले पार्टीको प्रतिवदेन प्रस्तुत गरेका छन् भने केन्द्रीय समितिका सदस्यहरुले पनि प्रतिवदेन प्रस्तुत गरिरहेको नेमकिपाले जनाएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुको प्रतिवेदन प्रस्तुत हुनुका साथै राष्टिय एवं अन्तर्राष्टिय प्रस्तावहरु सुझाबसहित पारित गरिने नेमकिपाले जनाइएको छ ।
