भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

नेमकिपाले पार्टी सचिव सुवाललाई उतार्‍यो चुनाबी मैदानमा

नेमकिपाले पार्टी सचिव सुवाललाई उतार्‍यो चुनाबी मैदानमा

भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत सचिव प्रेम सुवाले प्रतिनिधि सभाका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन । उसो त भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सुवालले प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् ।

यसै गरी प्रदेश सभाका लागि भक्तपुर क्षेत्र नं १ (क)बाट मीनबहादुर बाटा र भक्तपुर क्षेत्र नं १ (ख)बाट सुरेन्द्रराज गोसाईँले उम्मेदवारी दर्ता गराएका छन् भने भक्तपुर क्षेत्र नम्बर २ मा नेपाल मजदुर किसान पार्टीले अनुराधा थापा मगरलाई प्रतिनिधि सभाका लागि चुनाबी मैदानमा उतारेको छ ।

नेमकिपाले क्षेत्र नं २ (क) मा रमेश वैद्य र २(ख) सरोज राज गोसाईलाई प्रदेश सभाका लागि चुनाबी मैदानमा उतारेको जनाएको छ । थापामगर संविधान सभा सदस्य समेत भइसकेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.