भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

न्युजिल्यान्डमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

न्युजिल्यान्डमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी । न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । काइकोउरामा रहेको गुज बेमा ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको छ ।

डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।

ह्लेव माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आक्रमण गर्दैन । तर पनि ह्वेलसँगै डुङ्गा कसरी ठोक्कियो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.