भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

परिणाम ख्यालै नगरि प्रतिस्पर्धा गर्ने ?

परिणाम ख्यालै नगरि प्रतिस्पर्धा गर्ने ?

काठमाडौं । चितवनमा हुनगइरहेको पार्टीको १० औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न कसैलाई रोकावट नगरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परिणामको ख्यालै नगरि कतिपय व्यक्तिले आफूसँग प्रतिस्पर्धा गर्न लागेको प्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्षमा फेरि पनि दोहोरिने मनसाय गरेका ओलीले विहान बालकाेट पुगेका संचारकर्मीसंग कुरा गर्दै पार्टीभित्र प्रतिपक्ष छ भन्ने देखाउन केही मानिस लागिपरेको अभिव्यक्ति दिए । पार्टीभित्र फरक मत राख्न पाइने तर पार्टीको इमेज विग्रिने गरि राख्न नपाईने भन्दै फकर मत राख्नेप्रति कुनै पूर्वाग्रह नरहेको जिकिर गरे ।

एमालेमा लिसो टाँसिएझै टाँसिएका पूर्व माओवादी र ‘१० भाइ समूह’ अब नरहने दाबी गरे । उनले भने, ‘ १० भाइवाला कुरा केही छैन । कुनै साथीले बोलेको छ भने त्यो उसको निजी कुरा हो । तपाईंहरूलाई यो भ्रम नरहोस् कि भीम रावलले बोलेको कुरा १० भाइको कुरा होइन ।’

नेता व्यवस्थापनभन्दा देशलाई सही बाटोमा लैजाने नीति महत्त्वपूर्ण भएको भन्दै केन्द्रीय पदाधिकारी संख्या बढाउने कुला गलत भएको बताए । आगामी संसदीय चुनावमा उनले कुनै पार्टीसँग तालमेल नगर्ने तर चुनावपछि सरकार निर्माणमा गठबन्धन हुन सक्ने संकेत गरे ।

 


Thali Mobile Pvt.Ltd.