भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटन प्रवर्द्धन गरिदिन सरकारले चढायो रामदेवलाई बिन्तीपत्र !

पर्यटन प्रवर्द्धन गरिदिन सरकारले चढायो रामदेवलाई बिन्तीपत्र !

काठमाडौं । नेपालको आध्यात्मिक र योगका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिदिन भारतीय योगगुरु रामदेवसमक्ष नेपाल सरकारले बिन्तीपत्र गरेको छ ।

पशुपतिनाथ क्षेत्रमा आयोजित योग शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्ने प्रस्तावसहितको बिन्तीपत्र बुझाएका हुन् ।

मन्त्रालयको उक्त प्रस्तावलाई गम्भीरतापूर्वक लिएर निर्णय लिने रामदेवले बताए । तत्कालको चर्चाका लागि मात्र रामदेवलाई यस्तो प्रस्ताव गरिएको पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डका अधिकारीहरुले टिप्पणी गरे ।

नेपालका मौलिक कला र संस्कृति जोगाउन सोही माध्यमबाट पर्यटक आकर्षित गर्न यसो गरिएको सरोकारवालाको जिकिर छ । रामदेवले पतञ्जलीका माध्यमबाट नेपालमा के गर्न सकिन्छ भन्नेबारे कार्ययोजना बनाउने बताए ।

 


Thali Mobile Pvt.Ltd.