भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

पर्यटन प्रवर्द्धन गरिदिन सरकारले चढायो रामदेवलाई बिन्तीपत्र !

पर्यटन प्रवर्द्धन गरिदिन सरकारले चढायो रामदेवलाई बिन्तीपत्र !

काठमाडौं । नेपालको आध्यात्मिक र योगका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिदिन भारतीय योगगुरु रामदेवसमक्ष नेपाल सरकारले बिन्तीपत्र गरेको छ ।

पशुपतिनाथ क्षेत्रमा आयोजित योग शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्ने प्रस्तावसहितको बिन्तीपत्र बुझाएका हुन् ।

मन्त्रालयको उक्त प्रस्तावलाई गम्भीरतापूर्वक लिएर निर्णय लिने रामदेवले बताए । तत्कालको चर्चाका लागि मात्र रामदेवलाई यस्तो प्रस्ताव गरिएको पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डका अधिकारीहरुले टिप्पणी गरे ।

नेपालका मौलिक कला र संस्कृति जोगाउन सोही माध्यमबाट पर्यटक आकर्षित गर्न यसो गरिएको सरोकारवालाको जिकिर छ । रामदेवले पतञ्जलीका माध्यमबाट नेपालमा के गर्न सकिन्छ भन्नेबारे कार्ययोजना बनाउने बताए ।

 


Thali Mobile Pvt.Ltd.