भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पर्यटन प्रवर्द्वन गर्न सूर्यविनायकमा घरेलु, कृषि तथा पर्यटन मेला (भिडियोसहित)

पर्यटन प्रवर्द्वन गर्न सूर्यविनायकमा घरेलु, कृषि तथा पर्यटन मेला (भिडियोसहित)

भक्तपुर । दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने नाराकासाथ दीर्घकालीन सोच राखेर घरेलु, कृषि तथा पर्यटन मेला आयोजना गरेको छ । लक्ष्य प्राप्तिको लागि आर्थिक विकास एक महत्वपूर्ण सूचक भएको भन्दै सूर्यविनायक नगरपालिकाको आयोजना घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा मेला आयोजना गरिएको हो ।

राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ गतेदेखि १७ गतेसम्म ३ दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० आयोजना गरिएको हो । नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादनक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको प्रमुख बासुदेव थापाले बताए ।

मेलामा घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गरिने उपमेयर सरिता तिमिसिना भट्टराईले बताइन् । मेलामा सूर्यविनायकका लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशि औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु ९ जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि,

हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित मेलामा ९० वटा स्टलहरु रहने प्रवक्ता रविन्द्र सापकोटाले बताए ।

हेर्नुहोस् भिडियो…


तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले बताए । मेलामा कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तक्र्रिया आयोजना गरिनेछ ।

जसले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास लिएको र मेलामा स्टल र अवलोकन निशुल्क गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायिहरुको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने विश्वास लिएको पर्यटन समितिले जनाएको छ ।

स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि भइ पर्यटन उद्योगलाई जोड्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

यो मेला सूर्यविनायक नगरपालिकाको लागि पहिलो अनुभव हो । मेलालाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी प्रशासन, उद्योगी व्यवसायी, कृषि क्षेत्रमा लागेका महानुभावहरु, सहकारी, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने विश्वास नगरपालिकाले लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.