भर्खरै : Sorry, your browser does not support inline SVG.

पर्यटन व्यवसायी तथा अभियान्ता राम सुन्दर बके जे.भी फाउण्डेशनको केन्द्रीय सल्लाहकारमा नियुक्त

पर्यटन व्यवसायी तथा अभियान्ता राम सुन्दर बके जे.भी फाउण्डेशनको केन्द्रीय सल्लाहकारमा नियुक्त

भक्तपुर । भक्तपुरको रानीकोटमा अवस्थित भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा जे पाक्छ त्यही बिक्छ अभियानका अभियान्ता रामसुन्दर बके जे.भी फाउण्डेशनको केन्द्रीय सल्लाहकारमा नियुक्त भएका छन ।

जे.भी फाउन्डेशनका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले अभियान्ता बकेलाई मंगलबार केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन । बकेले नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय कार्य गरेकाले उनको योगदानको उच्च मुल्याङकन गर्दै फाउन्डेशनले बकेलाई केन्द्रीय सल्लाहकारमा नियुक्त गरेको फाउण्डेशनका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले जानकारी दिए ।

बकेले पर्यटन प्रर्वद्धन गर्न जे पाक्छ त्यही बिक्छ अभियान समेत सञ्चालन गरेकाले
आफू प्रभावित भएको जे.भी फाउण्डेशनका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यको भनाई छ । फाउण्डेशनले ७७ जिल्ला र देशका ७ सय ७३ वटै पालिकामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.