काठमाडौं । सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीले पाएको छ । राजस्व अनुसन्धान विभागले एक क्विन्टल आइतबार पत्रकार सम्मेलन गरी सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान गर्न नेपाल प्रहरीलाई दिएको हो ।
साउन २ गते विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मूल गेटबाहिर वरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् ।
सुन मुद्दामा पहिलो पटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई सुम्पिएको हो । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् । सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।
अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जनाएको छ । पक्राउ परेका सबै आरोपितलाई प्रहरीको जिम्मा लगाइने विभागले तयारी गरेको छ ।
