भर्खरै : Sorry, your browser does not support inline SVG.
जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु | भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? |

पहिलो बैठकमै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

पहिलो बैठकमै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले पुस २५ गते विश्वासको मत लिने जनाएको छ । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेलाई संसद बैठक आह्वान गरेकी छन् ।

सोमबार शपथ लिएका प्रधानमन्त्री प्रचण्डले पहिलो बैठकमै विश्वासको मत लिने तयारी थालेको स्रोतले बतायो । ४ मंसिरको प्रतिनिधि सभा चुनावबाट नयाँ सरकार बनेपछि पहिलो संसद बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.