भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा

पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा

इलाम । शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले रु १५ करोडको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो । आर्थिक वर्ष २०७४÷७५ मा रु ११ करोड ८४ लाख ८४ हजार लागत अनुमान गरिएकामा पछिल्लो समय लागत बढेर रु १५ करोड ९२ लाख ३७ हजार पुगेको छ ।

भवन पुस मसान्तसम्ममा सकिने नगरपालिकाको अनुमान छ । गत वर्षको अन्त्यसम्ममा निर्माण सक्ने बताए पनि विविध कारणले पछाडि धकेलिएको हो । “कोरोनाका कारण ढिलो भएको हो”, इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले भन्नुभयो, “जहाँतहीँबाट मजदुर ल्याउन नमिल्ने, कोरोना सङ्क्रमित भनेर ल्याउन नदिने भएकाले ढिला भएको हो ।” गुरागाईंका अनुसार भवनको भित्री काम सकिएकाले अब बाहिर काम सक्दा सञ्चालनमा ल्याउन सकिन्छ ।

भवनमा ७८ वटा सटर पसल, १३० जना क्षमताको एक पार्टी प्यालेस हल र १२० जना क्षमताको एक रेष्टुराँ रहने छ । गुरागाईंका अनुसार भवनका अगाडि दुई ब्लकमा पाँच पसल रहने छन् । भवनको माथिल्लो तलामा मोटरसाइकल पार्किङ र भवनसँग जोडिएको र तलतिरको ब्लकमा मासु पसल राखिने छ । भवनका दुई ब्लकमा पाँच सटर पसल, सब्जी बजार व्यवस्थित गर्न तल थप ग्यावियन वालको चेकड्याम र नाली निर्माण कार्य हुने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.