मुगु । मुगुम कार्मारोङ गाउँपालिका ८ मा बस्दै आएकी पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व गरेकि छोरी ठिल्ले साङमु लामा र उनकी धर्मपत्नी राधिका शाक्यले पनि अर्की छोरी छिरिङ छेन्जोङ लामालाई ग्रहण गरेकी दुबै जना लामा काठमाडौं बालकोट पुगेकी छन् ।
कर्णाली प्रदेशको पर्यटकीय मुटु रारामा २०७५ साल रारा पर्यटन बर्ष मा पूर्वप्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्य ले रारा तालको किनारमा पुगि लामा लाइ अभिभावकत्व ग्रहण गरेका हुन् ।
अभिभाकत्व ग्रहरणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले केपीकी छोरी भन्दै जिस्काउने गरेका थिए । दुवै जना लामालाई पालन पोषण र पढाइ सबैको जिम्मा लिने गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकोट लिएको समाजसेवी पूर्णबहादुर रोकायाले जानकारी दिएका छन ।
परिवारका अनुसार हाम्री छोरीलाई पूर्वप्रधामन्त्रीले आफ्नी छोरी सम्मान मानि साथमा लिएका थिए । छोरी लामालाई उनले नै सम्पूर्ण जिम्मेवारी लिए तापनि यसभन्दा हालसम्म २ पटक मात्र १०र१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए ।
घरमा श्रीमान्को केही वर्ष पहिला मृत्यु भइसकेको थियो पालन पोषणमा निकै समस्या थियो । अहिले पूर्वप्रधानमन्त्रीले सबै जिम्मासहित काठमाडौं ल्याएछि निकै खुसी देखिन्छन परिवार ।
हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको ठिल्ले साङमु लामाकी आमा छिचु लामाले बताइन् । अर्का पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतका मन्त्री नेता सभासदले अभिभावकत्व गरेका बाल बालिकाहरूको अहिलेको अवस्था के कस्तो छ । भन्ने कुरा अभिभावकत्व गर्ने व्यक्तिले नै भुलिसकेको बालबालिकाहरूका अभिभावकको गुनासो छ ।
