भर्खरै : Sorry, your browser does not support inline SVG.

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुग्दा किन उर्लियो जनलहर ? (भिडियो)

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुग्दा किन उर्लियो जनलहर ? (भिडियो)

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह तलेजु भवानीलगाय मन्दिरको दर्शन गर्न भक्तपुर पुग्दा जनलहर उर्लिएको छ । भिडलाई थाम्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पूर्व राजालाई हेर्नकै लागि पुगेका स्थानीयले स्वयंमसेवकलाई समेत धकेला धकेल गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुग्दा यस्तो थियो भिड हेर्नुहोस् भिडियो…

पछिल्लो समय पूर्व राजाको चहपहल बढेको छ । देशदौडाहाका क्रममा स्वागत गर्नेहरुको भीड त लाग्ने नै गरेको थियो । तर आज आइतबार दिउँसो ३ बजे भक्तपुर दरबार स्वायकर पुगेका पूर्व राजा शाहलाई फूल दिनेको भीड थामिनसक्नु थियो । सुरक्षाकर्मी र स्वयमसेवकलाई भीड व्यवस्थान गर्न चुनौती देखिएको थियो ।

पूर्व राजा समर्थकको भीडले राजा आउ देश बचाउ लगायतका नाराबाजी गरेका थिए । हात हातमा राष्ट्रिय झण्डा बोकेका सर्वसाधारण घण्टौं लाइनवद्ध भएर भेट्न कुरी बसेका थिए ।

पुजा पछि पत्रकार र सर्वसाधारणसंगको भेटमा देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारीलगायतका कारण दलका क्रियाकलापप्रति वितृष्णा बढेको बताएका थिए । राजसंस्थाप्रतिको आस्था नागरिकको आवाजमा प्रष्टै देखिन्थो ।

भक्तपुरमा मौलिक परम्परा झल्किने नृत्य, बाजागाजा र विभिन्न प्रस्तुत गरेर पूर्व राजा शाहको स्वागत गरेका थिए । अभिरुची पूर्वक अवलोकन गरेका उनले आफूलाई भेट्न आएका सर्वसाधारणको हातै समातेर सदभाव प्रकट गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.